म्यानमारमा मारिए ३८ प्रदर्शनकारी

प्रकाशित मिति:

काठमाडौं, फागुन २० : म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले कु गर्दै शासन हात लिएपछि सैनिक शासनको विरोधमा म्यानमार निरन्तार प्रदर्शन हुँदै आएको छ । सोही विरोधका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार ३८ प्रदर्शनकारी मारिएका हुन्।

योसँगै सैनिक कुपछि म्यानमा ५० प्रदर्शनकारी मारिइसकेका छन्। १ फेब्रुअरीमा सत्ता हातमा लिँदै संकटकालको घोषणा गरेको थियो । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा ३८ जना मारिएको म्यान्मारको घटनालाई अहिलेसम्मकै घातक भनेको छ। आङ सान सूची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ। सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ।