प्रेस संगठन रुपन्देही पुर्नगठन

प्रकाशित मिति:

बुटवल, २० फागुन । प्रेस संगठन नेपाल रुपन्देहीको भेलाले ३१ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार बुटवलमा सम्पन्न भेलाले कमल रायमाझी संयोजक, बिनोद परियार सहसंयोजक, शंकर पाण्डे सचिवसहितको ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

भेलाले श्रमजीवी पत्रकारका पक्षमा सात बुँदे बुटवल घोषणापत्र पनि जारी गरेको छ । भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुदर्शन बरालले नैतिकताको राजनीति निकै कमजोरी अवस्थामा रहेको बताए । राजनीति गर्नेहरुले नैतिकता गुमाउँदा देश संकटमा पर्ने गरेको भन्दै त्यस्तो बेला संचारजगतले खबरदारी गर्नुपर्ने उनले औंल्याए ।
बरालले भने, ‘राजनीतिक बिचलन बेला मिडियाले खबरदारी गर्न जरुरी छ, जति धेरै आलोचना भयो, त्यती नै राजनीति अशल दिशामा अघि बढ्छ ।’ कतिपय ठूला संचारगृह योजनाबद्ध रुपमा प्रहार गर्ने गरेको भन्दै उनँले रचनात्मक आलोचना सधै उपयुक्त हुने बताए ।

देशी बिदेशी शक्ति केन्द्रको हस्तक्षेपले गर्दा नै प्रतिनिधि सभा विघटन भएको उनको तर्क थियो । कार्यक्रममा नेकपा रुपन्देही अध्यक्ष राजु गुरुङ, सचिव निर्मल जीसी, वरिष्ठ पत्रकार वालकृष्ण चापागाई, बिनोद पहाडी, शिद्धिचरण भट्टराई, संगठनका केन्द्रीय सदस्य घनश्याम गौतम, लुम्बिनी प्रदेश इन्चार्ज बिकास बन्जाडे, संयोजक मानसिंङ बिक, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकारहरु भुवन कार्की, रुद्रहरी कुँवर, नरेश केसी लगायतले आआफ्नो धारणा राखेका थिए ।