जापान सरकार जिजिपीद्धारा नव निर्मित चार कोठे भवन नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई हस्तान्तरण ।

प्रकाशित मिति:

कौरव खत्री- गुल्मी २० फाल्गनु । गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई जापान सरकारको संस्था द्धारा नव निर्मित ४ कोठे भवन हस्तान्तरण गरिएको छ ।
बुधवार चार कोठे भवन ब्यानर अनावर र चापी हस्तान्तरण गदै प्रमुख अतिथि नेपालका लागि जापान सरकारका फस्ट सेक्रेटरी मिया मोटो कान्तरेले नेपालको विकासमा जापानले निकै प्राथमिकता दिएको भन्दै विद्यालयमा अव छिट्टै कृषि शिक्षा लागु हुनेमा आफू आशावादी रहेको कृषि शिक्षाले ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई धेरै ठूलो सहयोग पु¥याउने बताउनु भयोे ।

साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले जापान सरकारलाई भावी दिन यस्तै सहयोग अन्य विद्यालयहरुमा हुनेमा आफू आशावादी रहेको बताउनु भयो । साथै नगरप्रमुख सापकोटाले विद्यालयको पूर्वाधार विकासमा भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा थप सहयोग पुग्ने बताउनुभयो । त्यस्तै । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूषालले विद्यालयको भवन निर्माणमा पहल र सहयोग पु¥याउनु जापान सरकार जिजिपीलाई सबैलाई धन्यवाद दिनुभयो । यस्तै नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महतले विद्यालयमा भवन मागदेखि लिएर भवन निर्माण सम्पन्न गराउन सहयोग गनुहुने जापान सरकार र विद्यालयका सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं।२ का वडाअध्यक्ष लक्षमण खत्री, नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जर्नादन घिमिरे,पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्याल,पत्रकार कौरव खत्री,सन्तोष महतरा जापान सरकार जिजिपी प्रोजेक्टका व्यवस्थापक नारुओ कात्ते,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ईश्वरी प्रसाद आचार्य,शिक्षक अभिभावक संघका अध्यक्ष देव बहादुर रायमाझी विद्याय पदाधिकारी विद्यालयका शिक्षक स्टाफ अभिभावक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

गत २०७५ फागनुमा जापान सरकारको जिजिपी संस्था र विद्यालय बीच ४ कोठे भवन सम्झौता गरि भवन समयमा नै सम्पन्न गरिएको छ । जापानी सरकारको जिजिपीको सहयोगमा निर्मित ४ कोठे ८५लाख,८३हजार,६सय,६रुपैया,१० पैसा बराबरको लागतमा भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले बताउनु भयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेको अध्यक्षता, जापान सरकारका फस्ट सेक्रेटरी मिया मोटो कान्तरेको प्रमुख आतिथ्यता रहेको थियो । भने विद्यालयका शिक्षक गोर्कण आचार्यको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले गर्नु भएको थियो ।