बुटवलमा अर्थमन्त्रीले शिलान्यास गर्ने कार्यक्रमको मञ्‍च स्थानीयले भत्काइदिए

प्रकाशित मिति:

बुटवल – मोतिपुरका स्थानीयले औधोगिक करिडोरको शिलान्यासका तयार गरिएको मञ्‍च भत्काएका छन् । आफुहरूको जग्गामा औधोगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले मञ्‍च भत्काइदिएका हुन् ।

करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरएको करिडोरको शुक्रवार अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ । बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका अनुसार करिव २ सय जनाको हाराहारीमा आएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मन्च र स्तम्भ भत्काइदिएका थिए ।

हामीले कार्यक्रमका लागि तयारी गरिरहेका थियौं अचानक एउटा समुह आएर हुल हुज्जजत गरेर भत्काई दिए कर्मचारी टेण्ट निर्माण गरि रहेका कामदारलाई लखेट्ने काम भयो, अधिकारीले भने ।