नेपालका लागी अमेरीकी राजदुत द्धव्रा लुम्वीनीको भ्रमण

प्रकाशित मिति:

यो साता राजदूत बेरीले गौतम बुद्धको जन्मस्थल तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीको भ्रमण गर्नु भएको छ । नेपालका लागि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नुभए यता वहाँको काठमाडौं बाहिरको यो पहिलो भ्रमण हो। त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीसंग भेटवार्ता गर्नु भएको छ ।रुपन्देहीको टाइगर रिसोर्टमा आज दिउसो राजदुत बेरीले नगरप्रमुख सुबेदीसंग भेटवार्ता गर्नु भएको हो । भेटमा राजदुत बेरीले संघियतामा गई सकेपछी स्थानिय तहबाट भएका काम, बिकास निर्माण र बुटवल उपमहानगरपालिकाले अघि सारेका योजनाका सम्वन्धमा जिज्ञासा राख्नु भएको थियो । त्यस अवसरमा नगरप्रमुख सुबेदीले बुटवल उपमहानगरपालिकाले अहिले आवश्यक ऐन कानुन निर्माण गर्दै कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्राथमिकतामा राखेर बिकास योजना अघि सारेको जानकारी गराउनु भयो । त्यस्तै बुटवल तथा आसपासमा पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै उहाले अमेरीकाको नीजि क्षेत्रलाई स्तरीय होटल र पुरातात्विक एवं ऐतिहासिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । राजदुत बेरीले बृटिसलाई पराजित गरेको जीतगढी किल्ला र आदी मानव रामापिथेकशको अवलोकनका लागि समय मिलाएर बुटवल आउने बताउनु भयो ।