कुमारी जब प्रा.ली र केसिएमआइटी कलेज बीच सम्झौता पत्रमा हस्ताक्षर

प्रकाशित मिति:

लामो समयदेखि मानव संसाधनव्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मानिरन्तरकामगर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’केसिएमआइटी’ बीच सम्झौताभएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्नसिपमुलकजीवनउपयोगीतालिमतथा रोजगारीकालागिकुमारी जब र केसिएमआइटीबीच सम्झौताभएको हो । कुमारी जब प्रा.लीकाप्रवन्धनिर्दैशकश्री सन्देश भण्डारी र केसिएमआइटी कलेजकाप्रिनसिपलश्री ललिताचन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.ली का प्रवन्धनिर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिकयात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’केसिएमआइटी’ नेपालीविद्यार्थीले नेपालमै बसेर पनिविश्वस्तरीय गुणस्तरीय अध्ययनगर्न पाउनभन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो । यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कमलागतमा गुणस्तरीय शिक्षाप्रदानगर्दै आएको छ ।