गल्याङ नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई १३ स्थानमा कोभिड –१९ विरुद्वको खोप लगाइने

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका जेष्ठ नागरिकहरुका लागि १३ स्थानमा खोप सञ्चालन गरिने भएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि कोरोना भाइरस विरुद्वको खोप लगाउने नेपाल सरकारको नीति बमोजिम गल्याङ नगरपालिकाका जेष्ठ नागरिकहरुका लागि १३ स्थानमा खोप लगाइने भएको हो । फागुन २३ गते देखि २५ गते भित्र नगरपालिकाका विभिन्न १३ स्थानमा कोभिड –१९ (कोरोना भाइरस) विरुद्वको खोप लगाउने कार्यक्रम राखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । गल्याङ नगरपालिकाको वडा नम्बर १ मा रहेको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गमा फागुन २३ देखि २५ गतेसम्म खोप सञ्चालन गरिने भएको छ । यस्तै, वडा नम्बर एककै राम्दीमा रहेको मालुङ्गा टुनिबोट स्वास्थ्य चौकीमा फागुन २३ गते खोप लगाइने भएको छ । यसैगरी वडा नम्बर दुईको जगत्रदेवि स्वास्थ्य चौकी गुठी तथा वडा नम्बर तीनको गल्याङ नगर अस्पतालमा २०७७ फागुन २३ देखि २५ गतेसम्म खोप सञ्चालन हुनेछ ।

यस्तै, वडा नम्बर चारको निवुवाखर्क स्वास्थ्यचौकीमा पनि २०७७ फागुन २३ देखि २५ गतेसम्म खोप सञ्चालन हुने भएको छ । यसैगरी वडा नम्बर पाँचको मोहनडाँडामा रहेको डुम्रीचौर स्वास्थ्य केन्द्र र स्यालबासमा रहेको स्यालबास स्वास्थ्य केन्द्रमा फागुन २५ गते खोप लगाइने भएको छ । यस्तै, वडा नम्बर छ को पिडिखोला स्वास्थ्य चौकीमा २३ र २४ गते, वडा नम्बर सातमा रहेको पेलाकोटमा रहेको पेलाकोट स्वास्थ्य चौकी र वडा नम्बर आठको चिदियारमा रहेको तिन्दोवाटे स्वास्थ्य चौकीमा २०७७ फागुन २३ देखि २५ गतेसम्म खोप सञ्चालन हुने भएको छ । यसैगरी वडा नम्बर नौ को साङ्लीयामा रहेको पकवादी स्वास्थ्य चौकीमा फागुन २३ र २४ गते तथा वडा नम्बर दशको लिहुँडाँडामा रहेको लिहुँडाँडा स्वास्थ्य केन्द्रमा फागुन २५ गते हुने भएको छ भने वडा नम्बर ११ धनुबाँसेमा रहेको तुल्सीभञ्ज्याङ स्वास्थ्य चौकीमा फागुन २३ देखि २५ गतेसम्म खोप सञ्चालन हुने भएको छ । यसैवीच, खोप केन्द्र देखि धेरै टाढा रहेका वडाबासी जेष्ठ नागरिकका लागि यातायातको सुविधा समेत भएको जनाइएको छ ।