नेपाल तरुण दल स्याङ्जाको नियमीत वैठक सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा । नेपाल तरूण दल स्याङ्जाको नियमित बैठक स्याङ्जाको भीरकोटमा सम्पन्न भएको छ । बैठकले जिल्लाका सबै वडाहरूमा तरूण दलको कार्यसमिति पुनर्गठन र बिस्तार गर्ने निर्णय गरेको छ। साथै आउदो चैत्र ५ गते तरूण दल भीरकोट नगर समितिको आयोजनामा नेपाली काग्रेसका केन्द्रीय सदस्य ,प्रभावशाली युवानेता गगन थापाद्वारासम्बोधन हुने विशाल आमसभालाई सफल पार्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली काग्रेस स्याङ्जा–२(क)का सभापति अर्जुनप्रकाश अर्याल,भीरकोट नगरपालिकाका उपप्रमुख सीमा के.सी.कर्माचार्य,नेपाली काग्रेस स्याङ्जा–२(क)का सचिव दामोदर लम्साल,तरूण दलका पूर्व केन्द्रीय सदस्य गोविन्द पंगेनी,भीरकोट–५,का वडाध्यक्ष यामप्रसाद अभिकारी लगायतको विशेष उपस्थिति थियो। बैठकमा तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के.सी.ले बैठकका एजेन्डाहरू बारे जानकारी गराउनुभएको थियो। बैठकमा वक्ताहरूले केन्द्र देखि जिल्ला सम्मको समसामयिक राजनीतिको बारेमा समेत धारणा राख्नुभएको थियो। तरूण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो।