चिदिका–रुपन्देही सम्पर्क समाजमा नयाँ कार्यसमिति, अध्यक्षमा पन्थी चयन

प्रकाशित मिति:

बुटवल, २२ फागुन । चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा केशवराज पन्थी चयन भएका छन् । समाजको सातौंं साधारण सभा तथा चौथो अधिवेशनले पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा गीता ज्ञवाली, सचिवमा जिवनाथ अर्याल, कोषाध्यक्षमा कमल अर्याल र सहसचिवमा हेमनाथ ज्ञवाली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा टेकबहादुर टण्डन, गणेश पौडेल, यमलाल पौडेल, रामप्रसाद पन्थी, बाबुराम अर्याल, नजरदिन मिया, टामलाल ज्ञवाली र बलराम पन्थी रहेका छन् । अध्यक्षमा चयन भएपछि पन्थीले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि अधिवेशनको उदघाटन संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले आफू पनि छत्रदेव र चिदिकाबासी भएकाले त्यस क्षेत्रको विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले समाजले अगाडि सारेका कामलाई सबै सदस्यहरुले समूहिक रुपमा सहयोग गर्नुपर्नेमा जोड दिंदै समाजको संस्थागत विकासका लागि पहल गर्न पनि आग्रह गरे ।समाजका अध्यक्ष इश्वरी ज्ञवालीले कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो कार्यकालमा सोंचेअनुरुप कार्यक्रम अगाडि बढाउन नसकिएको भन्दै समाजका योजना र कार्यक्रमलाई निरन्तरता दिन आगामी नेतृत्वलाई सुझाव दिए ।

त्यस अवसरमा समाजका निवर्तमान अध्यक्ष पुरुषोत्तम अर्याल, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रकाश राज पन्थी, समाजका सल्लाहकार अर्जुन ज्ञवाली, उपाध्यक्ष गिता ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञवालीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जिवनाथ अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका गतिविधिलाई सञ्चारको क्षेत्रबाट आम जनमानसमा पु¥याउन सहयोग पु¥याएको भन्दै चिदिकाबासी पत्रकार लक्ष्मण पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।