पहिचान र अधिकारका लागि जनगणना महत्वपूर्ण :  गुरुङ

प्रकाशित मिति:

बुटवल २२ फागुन । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पहिचान र अधिकारका लागि जनगणना महत्वपूर्ण हुंने बताउंनुभएको छ ।राज्यले जनसख्याकै आधारमा बजेट विनियोजन र त्यो जातिको पहिचान सुनिश्चत गर्ने भएकाले गुरुङ समुदाय जनगणनाबाट छुट्न नहुंनेमा उहांले जोड दिनुभयो ।तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको राष्ट्रिय जनगणना–ं०७८ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दैं गुरुङले गुरुङ समुदायले जनगणनाबाट छुटेर आफ्नो पहिचान मेट्ने काम गर्न नहुंने बताउंनुभयो ।जनगणनाकै आधारमा दश वर्षसम्म राज्यले नीति–निर्माण,जातीय सहभागिता र विकासका काम गर्ने भएकाले जनगणनाको बेलामा चनाखो बन्न उहांले आग्रह गर्नुभयो ।

परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले गुरुङ समुदाय चनाखो नहुंदा राज्यले गरेको जनगणना सही आउंन नसकेको गुनासो गर्नुभयो ।गुरुङको सही तथ्याङक ल्याउनका लागि अव हुंने जनगणनामा परिषद्ले देशभर परिचालन गर्नका लागि केन्द्रीय स्तरीय समिति गठन गरिएको बताउंनुभयो ।परिषद् सबै गुरुङहरुको साझा संगठन भएकाले संगठनमा भएका व्यक्ति कुनैं पार्टीको भरौटे बन्न नहुंनेमा उहांले जोड दिनुभयो ।वरिष्ठ समाजसेवी शेरबहादुर गुरुङले जनगणनामा सबै गुरुङहरु एकजुट भएर लाग्नुपर्ने बताउंनुभयो । उहांले गुरुङको आफ्नैं पहिचान भएकाले राज्यले त्यही रुपमा सम्मान गर्न आग्रह गर्नुभयो । प्राध्यापक डा.योगेन्द्र गुरुङले यसपटकको जनगणना समावेशी र सहभागीमुलक हुंने भन्दैं नछुट्न गुरुङ समुदायलाई आग्रह गर्नुभयो ।उहांले आदिवासी जनजाति हिन्दु धर्म अन्तरगत नपर्ने भन्दैं गुरुङ समुदायले धर्ममा बौद्ध या वोन र मातृभाषामा गुरुङ लेख्न निर्देशन दिनुभयो ।

परिषद्का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जनगणनामा गुरुङ आफै सचेत हुंनुपर्ने भन्दैं गणकलाई जिम्मेवारी दिन नहुंने बताउंनुभयो । महासचिव सुर्यबहादुर गुरुङले गुरुङहरु चनाखो नहुंदा ०५८ साल भन्दा ०६८ सालकोे जनगणनामा गुरुङको जनसख्या घटेको स्मरण गर्नुभयो ।परिषद्का प्रदेश अध्यक्ष खुमबहादुर गुरुङको अध्यक्षता,सचिव लालबहादुर गुरुङको सञ्चालन तथा रुपन्देहीकी अध्यक्ष बिमला गुरुङको स्वागतमा सम्पन्न भएको कार्यक्रममा परिषद्का सहमहासचिव डम्बर गुरुङले पनि बोल्नुभएको थियो ।बुटवल–१० महाज्ञान बौद्ध बिहार विस्क्याम्पमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश समिति अन्तरगतका जिल्लाहरुबाट गुरुङ अगुवाहरुको सहभागिता रहेको थियो । सरकारले हरेक दश वर्षमा गरिदैं आएको जनगणना ०७८ साल जेष्ठ २५ देखि असार ८ गतेसम्म गदैंछ ।