लोकतन्त्रको संस्थागत बिकासका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने नेता खांणको भनाई

प्रकाशित मिति:

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लोकतन्त्रको सस्थागत बिकास र आर्थिक समृद्धिका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ ।
नेपाल जेसीजले भैरहवामा आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रमको आज बिहान भैरहवामा उदघाटन गर्दै उहाले जनताका प्रतिनिधिले संबिधान बनाईसकेपछी भएको निर्वाचनबाट आएको दुई तिहाईको सरकारले लोकतन्त्रको सस्थागत बिकास भन्दा पार्टी हितमा चलिरहेकाले युवाहरु बढी सचेत हुनुपर्ने बताउनु भयो ।
युवाहरुकै सहभागितामा बिभिन्न आन्दोलन सफल भई मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरेको उल्लेख गर्दै प्राप्त अधिकारलाई गुम्न नदिने दायित्व पनि युवाहरुको रहेको बताउनु भयो । शासन व्यक्तिको होइन बिधिको हुनुपर्छ भन्ने जेसिजको मुल नारा जीवन पर्यन्त सहि हुदै आएको बताउदै दुई तिहाईको अहिलेको कम्युनिष्ट सरकारलाई शासन पार्टी र व्यक्तिको हुनुपर्छ भन्ने जसरी काम गरेको बताउनु भयो ।उहाले युवाहरुलाई लोकतन्त्रलाई पहिलो मन्त्र सम्झेर बिकास र समृद्धिका लागि काम गर्न पनि आग्रह गर्नु भयो ।