शहिद यादवनाथ आलोक स्मृति फुटसलको उपाधि वडा नं. ४ लाई

प्रकाशित मिति:

रुपन्देहीमा सम्पन्न शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता २०७७ को उपाधि वडा नं ४ ले हात पारेको छ । शनिबार भएको फाईनलमा वडा नं. १ माथि ट्राइबेकरमा ३–२ गोल अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसंगै वडा नं. ४ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता वडा नं. १ नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । यसैगरि प्रतियोगितामा वार्ड १ का अतीत राना सर्वोकृष्ट खेलाडी, वडानं ४ का अमन पुन, वडा नं. १७ का सुरेश राना हाईस्कोर घोषित हुदै नगद १ हजार पाच सय, ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको संयोजक अर्जुन क्षेत्रीले बताए ।
यसैबिच प्रतियोगिताको उपाधि विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाण, शहिद परिवारकी बिना न्यौपाने, तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षेत्रीले पुरस्कार वितरण गरेका छन । कार्यक्रममा बोल्दै नेता खाडले युवाहरुलाई रचनात्मक र क्षमता विकासका काममा लाग्न सुझाव दिए । खेलमार्फत युवाहरु एकतावद्ध हुने र नया काममा अग्रसर हुनुपर्ने समेत बताए । शहिद यादवनाथको स्मरण खेलमार्फत गरेर युवाहरुबाट उदाहरणीय काम गरेको बताए । यसैबिच शनिबार पत्रकार र तिलोत्तमा उद्योग वाणिज्य संघका बिच भएको मैत्री पुर्ण खेलमा संघ विजयी भएको छ ।