विसपचहत्तरको रक्तदानमा ५४ युनिट रगत संकलन

प्रकाशित मिति:

बुटवल, २२ फागुन, सामाजिक कार्यमा अग्रसर बिसपचहत्तर युवा परिवारले शनिबार बृहत रक्तदान गरेको छ । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै युवाहरुको अग्रसरतामा देश विकासमा हुने दाबी गरे । देशको राजनितिक ब्यवस्था परिवर्तनमा योगदान दिएका युवाहरु अब विकासमा लाग्न उनले सुझाव दिए । प्रतिभा अनुसार ईलम सिक्ने र सिकाउने अभियान स्थानिय सरकार लागेको भन्दै उनले यो अवसरलाई उपयोग गर्न सबै युवाहरुलाई सुझाव दिए ।

परिवारका अध्यक्ष सुरेन्द्र थापाले सामाजिक कार्यको लक्ष्यसहित ३ वर्ष अघि स्थापना गरेर विविध काम गर्दै आएको बताए । दिपनगरका केहि युवाहरुबाट शुरु गरेको परिवारमा अहिले धेरै युवाहरु एकतावद्घ भई निरन्तर अगाडि बढेको उनले बताए ।वर्षभरि नै रक्तदान, विपन्न, अपाङका साथै वाढीपिडितहरुलाई राहत वितरण गर्ने कामसमेत गरेको उनले बताए । कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष कमलप्रताप थापा, नवीन थापा, स्थानिय कल्पना थापा, भक्त बहादुर गलामी, सौभाग्य युवा क्लबका अध्यक्ष दिपक गुरुङले युवालाई राजनितिक परिवर्तनमा प्रयोगसंग अब विकासमा लगाउन सरकारबाट योजना आएको भन्दै यसमा अग्रसर हुन सुझाव दिए । नेपाल रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको संयोजक विजय गुरुङले बताए ।