लुम्विनी फोटोग्राफर संघ क्षेत्रगत समितिको संयोजकमा रामचन्द्र बेल्वासे

प्रकाशित मिति:

कपिलबस्तु, २२ फागुन। लुम्विनी फोटोग्राफर संघको आयोजना तथा क्षेत्रगत समिति कपिलवस्तुको संयोजनमा शनिवार एक दिने आधारभूत फोटोग्राफी तालिम तथा क्षेत्रगत समिति पिस हिमालय रिसोर्ट ठाकुरापुरमा चयन भएकोे छ । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथिवाट फरक शैलीमा तालिममा सहभागी प्रशिक्षार्थीहरुको सामूहिक फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै प्रमूख अतिथि लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिराम पन्थ (मनिष) ले लुम्बिनी फोटोग्राफर संघ सदैव क्षेत्रगत समिति तथा यहाँका फोटोग्राफी व्यवसायिको हक हितका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले तालिमबाट सहभागी व्यवसायिहरुको व्यवसायिक जिवनमा सहज हुने र व्यवासयीक फोटोग्राफर हुन सहयोग मिल्ने बताउँनुभयो ।


त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले कपिलवस्तु उद्योग वाणिज्य संघ लुम्बिनी फोटोग्राफर कपिलवस्तुका सम्पूर्ण फोटो व्यावसायीहरुको समस्या समाधान र उनिहरुको व्यवसायिक स्तर उन्नतीका लागि हरदम तत्पर रहेको बताउनुभयो । उहाँले फोटोग्राफर संघको विकासको लागि उद्योग संघले सक्दो भुमिका खेल्ने बताउँनुभयो ।
त्यस्तै कार्यक्रममा पत्रकार चन्द्रकान्ता न्यौपानेले व्यवसायिक फोटोग्राफरहरुलाई उत्प्रेरणा मूलक रुपमा अवको पत्रकारितामा पनि फोटोग्राफरहरुको महत्वपूर्ण भूमिका रहेको र त्यसै अनुरुप तयार हुदै जानु पर्ने धारणा राख्नुभयो । ४ दर्जनबढी फोटोग्राफर सहभागी उक्त कार्यक्रममा लुम्बिनी फोटोग्राफर संघ का सदस्य दिपक श्रेष्ठले सरल र सवैले बुझ्ने गरी स्पष्टरुपमा व्यवसायिक फोटोग्राफी सम्वन्धि तालिममा प्रशिक्षर्थीहरुलाई फोटोग्राफीमा प्रविधिक ज्ञानहरु लिने आवसर मिलेको बताउँनुभयो ।
लुम्विनी फोटोग्राफर संघ क्षेत्रगत समितिको संयोजकमा रामचन्द्र बेल्वासे 

त्यस्तै लुम्विनी फोटोग्राफर संघ क्षेत्रगत समिति कपिलवस्तुको संयोजनमा रामचन्द्र वेल्वासे हुनुभएको छ । जसको सचिवमा कर्ण बहादुर तिवारी (कुमार), कोषाध्यक्षमा प्रकाश चौधरी चयन हुनभएको छ । भने  सदस्यहरुमा लेखनाथ पौडेल, रिता अधिकारी, प्रेम बहादुर राना र कृष्ण खनाल चयन हुनुभएको नव निर्वाचित लुुम्बिनी फोटोग्राफर संघ क्षेत्रगत समितिका सदस्य प्रेम बहादुर रानाले जानकरी दिनुभयो ।   उक्त कार्यक्रम समितिका अध्यक्ष रामचन्द्र बेल्बासेको अध्यक्षता, सचिव कर्ण बहादुर तिवारीको संचालन रहेको कार्यक्रममा लेखनाथ पौडेलको स्वगत रहेको थियो ।