दार्चुलामा जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु

प्रकाशित मिति:

दार्चुलामा जीप दुर्घटना हुँँदा ३ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन्। दार्चुला प्रहरीका अनुसार शनिबार साँझ लेकम गाउँपालिका वडा नम्बर ६ उच्चाकोटमा ग १ च १६९३ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा सोहि वडाका ३८ वर्षिय करन नाथ, शैलेशिखर नगरपालिका वडा नम्बर ८ का ७० वर्षीया सोनादेवी पन्त र सोहि वडाका ४० वर्षिय पदमराज पन्तको मृत्यु भएको छ। १२ वर्षिय मुकेश पन्त, ७ वर्षिय बसन्त पन्त, ७० वर्षीया गंगादेवी पन्त र ७२ वर्षिय बुदिबल्ल पन्त घाइते भएका छन। उनीहरुको गोकुले अस्पपतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरपप्रसाद भट्टले बताए। गोकुलेश्वरबाट लेकम जाँदैे गरेको जीप दुर्घटनामा परेकोे हो। दिनेश खबरबाट