कपिलबस्तुमा पवित्र कुश खेती र यसको वहु उपयोगीता सम्वन्धी तालिम 

प्रकाशित मिति:

कपिलबस्तु , २३ फागुन । प्रकृति अत्यन्त उपयोगी उपहारका रुपमा रहेको पवित्र कुश नामक वनस्पतिको खेती र यसको वहुउपयोगीता सम्वन्धी एक दिवसिय तलिम शनिबार वाणगंगा नगरपालकाको वडा नं १० मा सम्पन्न भएको छ । कुश खेतीको औषधीय गुण, धार्मिक एवं वैज्ञानिक रुपले पुष्टि भएका विषयहरुलाई समेत जानकारी गराउने तथा यसवाट तयार हुने उपयोग सामाग्रीको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकृतिमा कुनै लगानी विना नै तयार हुने पवित्र कुश सनातन धर्ममान्नेहरका लागि त पवित्र नै छ तर यसको औषधीय र वैज्ञानिक तत्वका आधारमा हर कसैका लागि उपयोगीहुन सक्ने विषयमा मोतिपुर आर्युवेद औषधी केन्द्रका प्रमुख तेज वाहादुर  सौमैले प्रस्तुतिकरण गर्नुभएको थियो ।  पवित्र कुश नामक बनस्पतिको खेती तथा बहुउपयोगीता सम्बन्धी तलिममा ५० जना ग्रामिण सिमान्तकृत समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।  बहुउपयोगी कुश नामक वनस्पतिवाट औषधीय उपचारका साथै यसवाट वन्ने गुन्द्रो, चटाई, कुशन, व्याग, टोकरी लगायतका सामाग्री वनाउन सकिने र यसको प्रयोगले विकिरण जन्य किरणहरुलाई निस्तेज पार्ने सकिन्छ । पानीमा कुशको टुक्राहरु राख्दा अक्सिजनको मात्र वड्ने । ढोकामा राख्दा खराव तथा नकाराम्तक उर्जालाई हठाउन सहयोग गर्ने । ध्यान, साधना गर्दा कुशवाट वनेका गुन्द्री एवं कुसनहरुको आसन गर्दा वढि लाभदायक हुने लगायत पेटको विमारीमा, क्यासन्सर जन्य रोगमा समेत यसको जराको औषधिय प्रयोग हुने जानकारी दिईएको थियो । कुशजन्य वनस्पतिवाट निर्माण हुने विभिन्न वस्तुहरु के के हुन सक्छन् र तिनके विकास, प्रवद्र्धन र वजारीकरण कसरी गर्न सकिन्छ भन्ने विषय समेत तालिम कार्यक्रमा जानकारी दिईएको थियो । स्थानिय श्रोत स्थानिय रुपमा रहेको र स्थानिय समुदायका सदस्यहरुको आय आर्जनमा वृद्धि गर्न सकिने संभावनाकावारेमा र सहभागिहरुले उत्पादन गर्न सकेमा वजारीकरणमा पूर्ण सहयोग हुने जिल्ला समन्वय समितिका प्रमुख नारायण खानालले वताउनु भयो । त्यसैगरी वाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्याले यो नविन प्रयोग भएकोले आफूहरु  समेत उत्साहित भएको र यस तालिमलाई निकै गंभिरता पूर्वक लिएको तथा आगामी दिन थप सहयोग गर्न समेत प्रतिवद्ध रहेको वताउनु भएको थियो ।

लुम्वनी प्रदेश अन्तरगत मुख्या मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत वाणगंगा नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको आयोजना मोतिपुर आर्युवेद औषधालयको आयोजना, वाणगंगा १० का वडा सदस्य दिलमाया थापाको अध्यक्षता, तेज वाहादुर सोमै र दुर्गा अर्यालको सहजीकरण, वाणगंगा नगरपालिकाका शिक्षा शाखाका प्रमुख वावुराम भट्टराई, समाजसेवी देवी वाहादुर पोखरेलको उपस्थितिमा सम्पन्न भएको थियो ।