राप्ती समाज क्यानडाको संयोजकमा रजौरे

प्रकाशित मिति:

दिनेश पाण्डे \ नेपालको दाङ्ग जिल्लामा जन्मिएर नेपालको त्रिभुवन बिश्व बिधालय बाट रसायनशास्त्रमा मास्टर गरेका र युके बाट पनि मास्टर गरेर क्यानडा बाट क्यामिकल इन्जिनियरिङ टेक्नोलोजीमा ३ बर्ष एड्भान्स डिप्लोमा र अहिले lambda therapatic research inc मा senior labonolyst मा कार्य गर्दै बिगत एक दसक देखि ब्राम्पटनमा बसोबाश गर्दै आएको र विभिन्न सामाजिक संस्था मा रही नेपालीहरुको हक हितका साथै नेपाली समाजको बृहत बिकासको लागि अनबरत रुपमा सामाजिक कार्य गर्दै आएका जो ब्यक्ती हुन सुरेश रजौरे उनि पेशाले अनुसन्धानकर्ता९रिसर्चर० भै एक प्रतिष्ठित क्यानाडियन कम्पनीमा कार्यरत भएतापनि आफ्नो समय अनुकुल पारेर आफ्नो मातृभूमि नेपालमा र कर्मभुमि क्यानाडामा एक स्वतन्त्र बुद्धिजीवीको हैसियतले गर्न सक्ने र सम्भव भए सम्म क्यानाडामा नेपाली समुदायको पहिचान उन्नति र प्रगतिको निम्ति हरपल आवाज उठाउने र समुदाय का समस्याहरु लाई समाधान निम्ति सरकार सम्म पुर्याई दबाब सिर्जना गर्ने कार्य गर्दै आइरहेका देशप्रेमि रजौरे सामाजिक कार्य र जिम्मेवारी लाई निरन्तरता दिने क्रममा उनले राप्ती अञ्चलबाट क्यानडा पुगेकाहरु संगठित गराउन सफल भएका छन ।
सामाजिक र विपन्न नेपालीहरुको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने लक्ष्यका साथ क्यानडामा भएको भेलाले राप्ती समाज तदर्थ समिति गठन गरेको समितिका सदस्य निराजन थापाले जानकारी दिए । सुरेश रजौरेको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा मधु थापा, निरन्जन थापा, बसन्त प्रकाश रावत छेत्री, राजेन्द्र पोख्रेल सरिता गिरी, बसन्ता पाठक, रमेस देवकोटा, अनिल श्रेष्ठ, सुबास शर्मा विद्या न्यौपाने, नारायण खनाल, बिमल पन्थी, चिन्तामणी धिताल, हरी पाण्डे, प्रकाश चापाँगाइ, दुसीराज सेन, बिनोद सेन, गोविन्द शर्मा, मिलन ओली, विजय लम्साल रहेका छन् । सल्लाहकारहरुमा अरुण पोखरे, गुरु गिरी, दिलिप पौडेल, प्रीती शर्मा, नर बहादुर टन्डन, बुद्धी प्रकाश ओली, मुक्ती गौतम रहेका छन् ।