प्रभु बैंकको १० प्रतिशत बोनस तपाईंको खातामा

प्रकाशित मिति:

प्रभु बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकको पौष २६ गते, सम्पन्न भएको १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् पौष १० गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकको बोनस नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भइसकेको छ । त्यसैगरी, बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । यसका साथै, आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।