नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाउने

प्रकाशित मिति:

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाउने फैसला गरेको छ ।

सर्वोच्चको यो फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । तर सर्वोच्च अदालतले नेकपा नाम दर्ताको क्रममा आयोगले गरेको निर्णयलाई त्रुटीपूर्ण भन्दै खारेज गरेको छ ।

यससँगै नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड-नेपाल पक्ष र ओली पक्षबीच भएको विवाद थप पेचिलो बनेको हो । अब दुवै पक्षले नेकपाको पछाडि कुनै विशेषण झुण्डयाउनुपर्ने भएको छ ।