कोभ्याक्स सुविधाको खोप काठमाडौं आइपुग्यो

प्रकाशित मिति:

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज काठमाडौं आइपुगेको छ । आइतबार बिहान टर्किस एयरलाइन्सको विमान खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जाकारीअनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्नेछ ।