बुुटवल । १११ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सामाजिक विकास मन्त्री सुदर्शन वरालले शुभकामना सन्देश जारी गर्नु भएको छ । दिवशको पुर्व सन्ध्या आईतवार जारी सन्देशमा महिला सशक्तिकरणबाटै महिलाहरुको अधिकार स्थापित गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गरी प्रदेश सरकारले सोही अनुसारको कार्यक्रमलाई प्राथमिकता दिएको जनाउनु भएको छ ।
“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” राष्ट्रिय नारा र “नेतृत्वमा महिलाः कोभिड १९ संसारमा समान भविष्य प्राप्ति” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यो दिवन मनाउन लागिएको हो ।जारी सन्देशमा उल्लेख छ ः महिला बिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्य गरी महिलाको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि प्रदेश सरकारले नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रम संचालन गरिरहेको छ । हरेक क्षेत्रमा महिलालाई सहभागी गराई उहांहरुको अन्र्तनिहीत क्षमतालाई बृद्धि गर्न सकिनेमा कुनै दुई मत छैन । आधारित एकद्धार संकट व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको छ ।
नेपालमा विगतमा भएको राजनैतिक परिवर्तनहरुमा महिलाहरुको नेतृत्व र योगदानलाई उच्च सम्मान गर्दै विकासको मुल प्रवाहमा महिलाहरुको नेतृत्व एवं अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्दै लैगिक मैत्री बजेट विनियोजन गर्ने प्रणालीलाई अझै प्रभावकारी बनाईनेछ । महिलाहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई सुदृढ गराउदै समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य छ ।