अभिभावक दिवस सम्पन्न,

प्रकाशित मिति:

रामु भुषाल, नवजिवन मावी बर्दघाट ४ बाढिपिडित पश्चिम नवलपरासीको ३९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस आइतबार विद्यालय प्रागणमा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अधयक्ष डिलाराम चालिसेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक विदयालयहरु पछिल्लो समय गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मक भन्दा गुास्तरिय र ब्यवारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले नेपालको नयाँ नक्शा सहितको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखी लागु गर्ने सरकारले तयारी थालेको जानकारी दिदै प्रदेश सरकारले शिक्षामा पर्याप्त लगानी गरिरहेको र सबै बालबालिकाहरुलाई विदयालयको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बर्दघाट शिक्षा शाखा प्रमुख उपसचिव ईन्द्र बहादुर कुवंर, विशेष अतिथिको रुपमा बर्दघाट वडा न्मबर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, अतिथिहरु विद्यालयका सस्थापक प्रअ युवराज भण्डारी, पुर्व अध्यक्ष मञ्जु चालिसे, पुर्व शिक्षक अभिावक संघका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, सरस्वती मावी कुञ्जनपुरका प्रअ सोमनाथ अधिकारी, व्यिार्थीको तर्फदेखी कक्षा १० की जानकी मल्ल र असुं सुनार लागएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रअ अर्जुन पौडेलले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुद्धारा विभिन्न सास्कृतिक प्रस्तुती सहित सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका शिक्षक प्रतिनिधि बुद्धिमाया अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकद्धय मेघराज अधिकारी र शिक्षिका खेमकला सुवेदीले गर्नुभएको थियो ।