कञ्चन गोल्डकप नकाउट फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न

प्रकाशित मिति:

२३ फागुन,कञ्चन, महा शिवरात्रीको अवसरमा गत फागुन २० गतेबाट शुरु भएको कञ्चन अध्यक्ष गोल्डकप नकआउट फुटवल प्रतियोगिता २०७७ को पहलिो चरणको सम्पुर्ण खेलहरु सम्पन्न भएको छ। हिमालय सामुदायिक बिकास केन्द्रको आयोजना तथा कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा आइतवार द युनिटी खैरहनी र फर्साटिकर एफ।सी। बिच भएको अन्तिम खेल संगै पहलिो चरण अन्तर्गतको सम्पुर्ण खेलहरु सकिएको हो ।

आइतवार द युनिटी खैरहनी र फार्साटिकर एफ।सी। बिच भएको खेलमा द युनिटीले ३-१ गोल अन्तरले पराजित गरी दोश्रो चणमा प्रबेश गरेको हिमालयन सामुदायिक बिकास केन्द्रका सचिव टीका थापाले जानकारी दिनु भएको छ। कञ्चन गोल्डकप नकाउट फुटवल प्रतियोगिता २०७७ को विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित गोल्ड कप र मेडल प्राप्त गर्ने प्रतियोगितामा लागि आइतवार भएको खेलमा द युनिटी खैरहनीका सुनिल खडकाले खेलको २ मिनेटमा पहिलो गोल गरे पछि फर्साटिकर एफ।सीलाई १-० गोलले पछि पारेको थियो ।यसैगरी द युनिटी कै सुनिल खडकाले खेलको १८ औं र ३१ औं मिनेटमा दुई गोल गरी आफ्नो टिमको लागि फर्साटिकरका बिरुद्ध ३-० गोलले पछाडी गर्दै आफ्नो गोल अंकको खातामा ह्याट्रीक कायम गर्न सफल भएका थिए ।

यता फर्साटिकरका सुरज हमालले भने मध्यान्तर पछिको २४ मिनेटको समयमा सान्त्वना गोल गर्न सफल भएका थिए । आइतवारको खेलमा द युनिटीका सुनिल खडका म्यान अफ द म्याच भएका छन। कञ्चन गोल्डकप नकाउट फुटवल प्रतियोगितामा उपविजेता हुने टिमले भने ७५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छन भने हरेक दिनको खेलमा म्यान अफ द म्याच हुने खेलाडीले १ हजार १ सय ११रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।यस्तै उत्कृष्ट डिफेण्डर,मिड फिल्डर,सर्बोकृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्थाले जनही ५ हजार रुपैया प्राप्त गर्ने प्रतियोगिताको क्वाटर फाइनलमा भैरब एफ।सी। र बिश्वशान्ती युवा क्लव,सालझण्डी तथा द युनिटी खरैरहनी र देउराली फोर ब्रोदर्स बिच प्रतिस्पर्धा हुने केन्द्रका सचिव टीका थापाले जानकारी दिनु भएको छ।