एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा बजगाईंको उम्मेदवारी

प्रकाशित मिति:

काठमाडौं, फागुन २३ : गैरआवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा इटहरीका शेखर बजगाईले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिका क्यालिफोर्निया बस्दै आएका ९ बुँदे घोषणापत्र जारी गर्दै बजगाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै बजगाईंले क्यालिफोर्निया च्याप्टरको छुट्टै वेभसाईट निर्माण गर्ने, क्यालिफोर्नियाका हरेक सहरमा एक सम्पर्क अधिकारी चयन गर्ने क्यालिफोर्नियाबासी नेपाली व्यापार व्यवसाय, पेशाकर्मीहरुलाई सेवा सहुलियत दरमा उपलब्ध गराउने, आर्थिक पारदर्शिताका निमित्त हरेक महिनाको बैंकको स्टेटमेन्ट र आम्दानी खर्च विवरण सार्वजनिक गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।