प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति:

सर्वोच्च अदालतको पार्टीको नामसम्बन्धी मुद्दाको अनेपेक्षित फैसला गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।

सर्वोच्चको पछिल्लो फैसलाबारे छलफल गर्न बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । अदालतको फैसलापछि पार्टीबिहीन अवस्थामा रहेको नेकपाको बहुमत पक्षसम्मिलित स्थायी कमिटी बैठकले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ ।

अदालतको फैसलाप्रति प्रारम्भिक प्रतिक्रिया जनाउँदै प्रचण्ड नेपाल पक्षले गम्भीर असन्तुष्टि जनाएको छ । रिट निवेदकले मागेको भन्दा बढी, कुनै सरोकार नै नभएको विषयमा अदालतले गरेको फैसला कुनै एक पक्षलाई खुशी बनाउन गरिएको राजनीतिक फैसला भएको सो पार्टीको बुझाई छ ।

सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० पार्टी नामलाई खारेज गर्दै २०७५ जेठ ३ गते अघिको पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुर्याइदिएको छ । लामो समयदेखि एमाले पार्टी ब्यूँताउन प्रयास गरिरहेको प्रधानमन्त्री ओली पक्षधरले भने यो फैसलालाई दीपावली गरेर स्वागत गरेको छ ।

  1. फैसलाका कारण एमालेको नेतृत्वमा रहेका माधवकुमार नेपाल पक्षधरहरुलाई सबैभन्दा बढी कानुनी संकटमा पुर्याएको छ ।