नेप्से आज बन्द, सेयर कारोबार नहुने

प्रकाशित मिति:

काठमाडौं : सेयर बजार सोमबार बन्द भएको छ । आज सोमबार फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजारमा मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक २१।५८ अंकले घटेर २४८५।१० विन्दुमा अडिएको छ । आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।