अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी सम्पन्न गरेको

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रेयी महिला आवाज र उत्साहित महिला समुहले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।
तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा कोणसभामा बोल्दै बक्ताहरुले महिला हिँसाको अन्त्य गर्नुपर्ने, महिलाका अधिकारको व्यवहारिक रुपमै सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मैत्रेयी महिला आवाजका कविता पन्थी,कमला पाण्डे, मन्जु भुसाल, उत्साहित महिला आवाजका लक्ष्मी पौडेल,कमला ग्यवाली,वन्दना नेपाल, इन्दु खरेल लगायतले मन्तव्य राखेका थिए ।
प्रभातफेरीमा सहभागीले आफ्नै देश,घर र समाजमा हामी सुरक्षित छैनौ भने सुरक्षा खोज्न हामी कहाँ जाने, महिला अबला होइनन्,सबला हुन्,जीवन कसरी जिउने फैसला गर्ने उस्को अधिकार हो , हत्या हिंसा बलात्कार,अब सहन्नौ अत्याचार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।