चितवनमा तासकै परिकार लक्षित ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा

प्रकाशित मिति:

तासको राजधानीको रुपमा रहेको चितवनमा तासकै विभिन्न परिकार लक्षित ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा आएको छ । खानाका स्वादका पारखीहरुलाई लक्षित गर्दै ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सोमबारदेखि नारायणगढको मुटु पुलचोकमा प्रेसिडेन्ट तास बजार सञ्चालनमा आएको हो । विभिन्न सामाजिक उत्तरदायित्वलाई बहन गर्दै आफ्नो शाखा शुभारम्भ गर्ने प्रेसिडेन्ट ग्रुपको अभियान अन्तर्गत यो पटक विपन्न चेपाङ समुदायका बालबालिकालाई सामुहिक दिवाभोज सहित उद्घाटन गरिएको छ । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित कक्षा १० मा पढ्ने सिमरन चेपाङ, कक्षा ८ मा पढ्ने हेमकुमार चेपाङ, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके एवं ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शङ्कर भण्डारीले संयुक्त रुपमा रिबन काटेर प्रेसिडेन्ट तास बजारको उद्घाटन गर्नुभएको हो ।