अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल, महिलाको सुरक्षा , सम्मान रोजगार समृद्ध नेपालको आधार भन्ने राष्टिय मुल नाराका साथ बर्दघाट नगरपालिकाको आयोजनामा सोमबार १११ औ अन्तराष्टिय श्रमिक महिला दिवस अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । बर्दघाट नगरपालिका की नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक माया देवी पौडेलको अध्यक्षता एवं संविधान सभा सदस्य सिन्धु जलेसा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जलेसाले महिलालाई समान अधिकार त प्राप्त भयो तर समतामुलक समाज भने अझै प्राप्त नभएको भन्दै घरायसी कामले गर्दा महिलाहरु राजनितिक तथा रोजगारीको क्षेत्रमा सक्रिय भएर लाग्न नसकेको बताउदै अन्य हिंसाहरुको समेत महिलाले खुलेर बिरोध गर्न र महिलाहरु लाई पनि आय आर्जनमा जोड्न सरकारले निति ल्याउनु पर्ने बताउनु भयो । कार्यक्रममा अधिवक्ता सरस्वती शर्माले श्रमिक महिला र दिवसका बारेमा कार्यपत्र प्रस्तुत गर्दै समाजमा महिलाहरुले विभिन्न आन्दोलन होस् वा श्रम गर्नै स्थानमा आफ्ने हक अधिकारका लागी संघर्ष गरेको भुमिका अहम रहेको र पछिल्लो समयमा बिश्वमा फैलिएो कोभिड १९ को प्रभाव लाई व्यवस्थापन गर्ने कार्यमा महिलाको नेतुत्वदायी भुमिका सफल रहेको र संविधानमा महिलाको हकलाई मौलीक हकको रुपमा राखिनु , सामाजिक न्यायको हक राखिनु ३३ प्रतिशत आरक्षणको व्इवस्था गरिनु स्थानिय तहमा ४० प्रतिशत आरक्षणको व्यवस्था गरिनु राष्टको उच्च पदमा फरक लिंग हुनु पर्ने व्यवस्था गरिनु ,अंशमा समान अधिकार , घरेलु हिंसालाई कसुर घोषणा , बाल बिबाहलाई अपराध , दोस्रो विवाहले मान्यता नपाउने एसिड आक्रमण र बलत्कार सम्बन्धि कडा कानुनको निर्माण हुनु , नेपाली महिलाहरले प्राप्त गरेका उपलब्धि हरु रहेको बताउनु भयो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय , अधिवक्ता सरस्वती शर्मा पंगेनी ,पञ्चनगर महिला कल्याणकारी कृषि संस्था की अध्यक्ष लोमा खनाल वाग्ले ,स्वास्थ्य प्रमुख माधव ज्ञवाली ,जनप्रतिनिध कविता रायमाझी लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । उक्त अवसरमा नगरपालिकाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा कार्यरत महिला श्रमिक हरुको सहभागिता रहेको थियो सहभागी श्रमिक महिलाहरुले आफुले गरेको संघर्ष का भनाई हरु राख्नु भएको थियो ,। सोही कार्यक्रमको अवसर पारी दाउन्ने देवी महिला बहु उदेश्य सहकारी संस्था बर्दघाट ४ ले क्यान्सर र मृगौला पिडित दिर्घ रोग बाट ग्रसित २ जना श्रमिक महिलालाई जनही १० हजारका दरले नगद आर्थिक सहयोग समेत गरेको थियो , भने कार्यक्रमको संचालन बर्दघाट नगरपालिकाकी बालबालिका तथा महिला शाखा प्रमुख अप्सरा सुवेदीले गर्नु भएको थियो ।