कपिलवस्तु पुगेर विप्लवले भने : व्यवस्था परिवर्तनको लागी जनमत संग्रह

प्रकाशित मिति:

शिव डुम्रे- फागुन २४,  सेतो सर्ट, कालो पाईन्ट र पुराना जुत्ता लगाएर वरीपरी आफ्नै जनसेनाहरुका विशेष सुरक्षाका साथ विप्लव झण्डै २ बर्षपछि आफ्नै गाउँ शिवगढीको एक विद्यालयको प्रांगणमा पुग्दा त्यहाँका स्थानीयहरु विप्लवलाई हेर्न बडो चासेका साथ आएका थिए । एकातिर देशको राजनीतिक भविष्य र त्यसमाथी विप्लवको भूमिकाका विषयमा सुन्न त्यहाँ मानिसहरु भरिएका थिए । अरुबेला प्रहरी प्रशासन आईहाल्छ कि भनेर कडा सुरक्षाको बीच हुने कार्यक्रम त्यहाँ भने सशस्त्र प्रहरी बल देखी नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको समुपस्थितीमा बाक्लो सुरक्षाकर्मीहरुको बीचमा कार्यक्रम हुँदै थियो ।
१११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने बताए ।

उनले उक्त सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यायको लागि संघर्ष गर्न तयार हुने र संघर्षको सबैभन्दा ठूलो हतियार आन्दोलन भएको बताए । विप्लव जब हसिलो मुद्रामा मञ्च उक्लिए त्यसपछि समर्थक र कार्यकर्ताहरुको तालि र उत्साहाजनक स्वागत देखिन्थ्यो । गत २०७५ साल फागुन २९ गते विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछी गत २१ गतेमात्रै सो पार्टीमाथी लगाएको प्रतिबन्ध खुलेपछी विप्लवको यो पहिलो सार्वजनिक कार्यक्रम थियो । १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रममा पुगेका विप्लवले महिलाको मुद्दादेखी राज्यसत्ता हुँदै जनमत संग्रहसम्मका कुरा गर्न भ्याए । कार्यक्रममा राज्यले महिलालाई समान अवसर र अधिकार दिन नसेकेको बताउँदै उनले महिलाहरुको अधिकार रक्षाको लागी संघर्ष गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

सुरुमै सुरक्षाकर्मीहरुतिर फर्कदै २ बर्षसम्मको प्रतिबन्धमा पनि हामीले यहाँहरुलाई केही गरेनौं, बरु यहाँहरुले नै राज्यको आदेश पालना गर्नुभयो, त्यसैले हेर्नुस यो सेना वा पुलिससँगको लडाई होईन, यो राज्यसत्ता र व्यवस्थाविरुद्धको लडाई हो । विप्लवले हतियारको कुरा सम्झदै हतियार न हिजो रहेको न अहिले रहेको भन्दै उनले आवश्यक परे सबै चिज हतियार बन्छ, कलम देखी भान्साका चक्कुहरु सम्म हाम्रा हतियार हुन्, विप्लवले भने । उनले आफूहरुसँग विचारको हतियार रहेको बताउँदै कसैले दमन गर्न खोजे हाम्रा कला, नाँच, कथा, कविता, कलम सबै लिएर लड्छौं, बन्दुक लिएर कोही लड्न आए बन्दुक नै लिएर लड्छौ, ढुक्क हुनुस् । पछिल्लो ३ बुदे सम्झौता र वार्ताको विषयलाई जोड्दै नेकपा महासचिव चन्दले सरकारले हारेको पनि होईन तर प्रतिबन्ध लगाएर गल्ती गरेको महसुस चाहीँ गरेको हो भन्दै सरकारले गरेको आव्हानको स्रहना गरेका थिए । आफूहरुको एउटै सपना देशलाई स्वाधिन बनाउने रहेको भन्दै विप्लवले स्वाधिनता र राष्ट्रियताको रक्षा गर्ने पार्टीलाई प्रतिबन्ध गर्नु आफैंमा एउटा गल्ती थियो, त्यो कुरा सच्चिएको मा खुसी नै छौं भन्दै तर बाहिर भ्रम भएजस्तो सरकारमा गईहाल्ने, मन्त्री बन्ने भन्ने होईन, हामीलाई मन्त्री चाहिएको छैन, हामीलाई सहिद, घाईते र मान्छेका सपनाहरु कसरी पुरा गर्ने भन्ने चिन्ता हो, विप्लवको स्पष्टोक्ती थियो ।

सहमतिपछि पनि सरकारले नेकपाका राजनैतिक बन्दीहरुलाई छोड्न विलम्ब गरेकोप्रती असन्तुष्ट व्यक्त गर्दै महासचिव विप्लवले संसदीय व्यवस्था मेसिन नै खराब रहेको कारण यसबाट उत्पादन हुने सबै सामग्री खराब निस्कने समेत टिप्पणी गरे । उनले प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितीमा संकट देखिएको र जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेहरूले कहिल्यै जनताको समस्या समाधान नगर्ने बताए, उनले तत्कालिन समयमा जनसेनाको नाममा १९ अर्ब भष्ट्रचार भएको विषयमा प्रचण्डहरुको नाम आईरहेको भन्दै उचित समयमा जनताले हिसाब माग्ने समेत बताए, उनले भने ुहामीले भ्रष्टचारको, अन्याय–अत्याचारको, बलात्कारको, महंगीको, देशमा भैइरहेको तमाम समस्याहरूको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रतिबन्ध लगायो । हाम्रो लडाई कुनै प्रहरी, सेना, शसस्त्र संग थिएन, राज्यसत्ता संग थियो र फेरी आवश्यक परे यो दलाल राज्यसत्ताको विरुद्ध बन्दुक लिएर पनि हिँडुन तयार छौं।ु जनतालाई दुख दिने हाम्रो एक इन्च पनि मनाशय छैन । हाम्रो मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध थियो । राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो, त्यसको हामी प्रतिकार गर्यौ र गर्छौ । विप्लवले ३ बुँदे सहमतिमा टेकेर सबै राजनीतिक दलहरुलाई वार्ताको टेवलमा आव्हान गर्न अनुरोध गर्दै उनले जनताले लामो समयदेखी व्यक्ती र दललाई भोट हालेको भन्दै एकपटक व्यवस्थाको मुद्दा लिएर जनमत संग्रहमा जानुपर्ने विषयसमेत उठाए । विप्लवले वैज्ञानिक समाजवाद कि पूँजीवाद व्यवस्थाको विषयलाई लिएर एउटा जनमत संग्रहमा जानुपर्छ, बाकीँ जनतासँग हामी कुरा गर्न तयार छौं उनले भने ।

यस्तै कार्यक्रममा २ दिन अगाडीमात्रै रिहा हुनुभएका नेकपामा केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले महिलाहरुलाई समान सम्पत्तिको अधिकार उपलब्ध गराउनुपर्नेमा जोड दिए, वास्तोलाले शान्तिपूर्ण माध्यमबाट जनताको समस्याको बारेमा माग राख्ने र नसकेमा सत्ता छोडेर जान चेतावनी दिदैं सत्ता आफूहरुले चलाउन तयार रहेको बताए । हरेक नागरिकलाई समृद्ध बनाउने योजना आफूहरुको पार्टीमा रहेको बताउँदै, नागरिकको हक र अधिकारको लागी बलिदान दिनुपरेमा पनि पछि नहट्ने स्पष्ट पार्दै सहमतिपछि सडकबाट पूनः आन्दोलन र जनताको मागसँग सगैं रहने बास्तोलले बताए । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारजनको तर्फबाट खुमा सुवेदी, पूर्व सभासद् सरला रेग्मी, दलित मुक्ती मोर्चाको तर्फबाट सिता वि।क।, अखिल ९क्रान्तिकारी०का केन्द्रिय कोषाध्यक्ष सन्तोषी भट्राई, युवा संगठन नेपालका केन्द्रिय सदस्य विश्लेषण थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका संयोजक बन्धु चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला नेतृ धिरेन्द्रा उपाध्याय भृकुटीले गरेकी थिईन ।
कार्यक्रममा सामना सास्कृतिक परिवार एवं क्षितीज सांस्कृतिक परिवारले विभिन्न जनवादी गित तथा नाचहरु प्रस्तुत गरेका थिए, २ दिनसम्म चल्ने सो कार्यक्रमले महिला संगठनमा नयाँ नेतृत्व समेत प्रदान गर्नेछ ।