रूरू मिलन केन्द्र नेपालको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रूरू मिलन केन्द्र नेपाल बुटवलको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तिलकराम आचार्यले केन्द्रले सकारात्मक काम गरिरहेको बताए । उनले समाजले रुरु र रुपन्देहीलाइ जोड्ने काम गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष सुबेदीको बार्षिक प्रतिबेदन, सचिव अनुपमा श्रेष्ठको प्रतिबेदन र कोषाध्यक्ष कुसुम पौडेलको आर्थिक प्रतिबेदन पारित गरिएको छ । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार ऋषिराम भण्डारी, संस्थापक अध्यक्ष राधा ज्ञवाली, प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोलेका थिए । साथै फुलबारीमा भएको कार्यक्रममा बनभोज समेत गरिएको कार्यक्रम संयोजक कल्पना जोशीले बताइन । केन्द्रले कोरोनाका बेला क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग, रक्तदान, मास्क वितरण, क्यालेन्डर बिमोचन लगायतका सामाजिक कार्य गरिरहेको छ ।