शिद्धवावा मन्दीरमा डस्टबिन वितरण तथा सरसफाइ

प्रकाशित मिति:

मेगा बैक नेपाल लिमिटेडले पाल्लाको शिद्धवावा मन्दीरमा डस्टबिन वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
महाशिबरात्रि पर्बलाई लक्षीत गरि सरसफाइ तथा १० थान डस्टबिन र एक थान भित्ते घडी वितरण गरिएको मेगा बैक नेपाल लिमिटेड लुम्वीनि प्रदेश प्रमुख तारा नाथ लम्सालले बताउनु भयो । शिब रात्रिको मेलामा मन्दीरमा भिडभाड हुने र भक्तजनहरुको बाक्लो उपस्थीति हुने भएकाले सो बाट निस्किने फोहोरको सहज रुपले उचित ब्यस्थापन होस भन्ने उद्देश्यले डस्टबिन वितरण गरिएको साथै संस्कृति संरक्षण मा समेत बैंकले आफू सक्दो भुमिका निर्वाह गर्ने सोचका साथ शिबरात्रि पर्बको पुर्बसन्ध्यामा मन्दीर पसिसरको सरसफाइ गरिएको बताउनु भयो ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारी , सुरक्षाकर्मी , मन्दिर बिकास समितीका पदाधिकारी, मन्दीरका पुजारी, कर्मचारी लगायतको सक्रियता रहेको थियो। २७ गते शिब रात्रिको दिनमा मन्दीरमा आउने भक्तजनहरुलाई निशुल्क खानेपानिको वितरण गर्ने समेत बैंकले सो अबसरमा जनाएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिनाउँ गाउपालिका वडा न ३ का वडा प्रेम प्रसाद पाण्डे शिब रात्रिलाई लक्षित गरि मन्दीरमा जुन खालको सरसफाई तथा डसविन वितरण गरि सहयोग गरेकोमा धन्यावाद व्यक्त गनुभयो आगामि दिनमा पनि निरन्तर यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।सिद्धार्थ राजमार्गले बाटोका छेउ छाउका घर तथा संरचना भत्काउन लागेका बताउदै मन्दिरको केहि संरचना भतकउन पर्ने भएकाले यसको व्यबस्थापनमा केहि रकम आबश्यक पर्ने भएकोले सहयोग बिभिन्न संघस्थाहरुलाइ आग्रह गर्नु भयो । तिनाउँ गाउपालिकामा एउटा बैकको आबश्यकता भएको हुदा यसको क्षेत्र विस्तार गरि एउटा शाखा संचालन गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रममा सिद्धवावा मन्दिर बिकास समितिका अध्यक्ष दल बहादुर गुरुङ्ग, बैंकका कलस्टर हेड मिलन कुमार पुन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बैकका लुम्बिनी प्रदेश प्रमुख तारा नाथ लम्सालको अध्यक्षता बिपिचोक साखा प्रबन्धक ज्ञानेन्द्र पोखरेलको स्वागत मन्त्वय तथा लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आविस्कार खनालको संचालनमा सप्पन्न भएको थियो ।