अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) योजना सम्बन्धित रहि विद्यालयमा रहेको विद्यार्थी क्लब (नविन विद्यार्थी क्लब) र विद्यालयको समन्वयमा पृथ्वी बचाउ अभियानको ” Save The Earth ” जागरुकता कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मधुसूदन नेपाल, बुटवल;  मंगलवार दिउँसो नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक  बिद्यालयलमा ब्रिटिश काउन्सिल द्वारा संचालन अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) योजना सम्बन्धित रहि विद्यालयमा रहेको विद्यार्थी क्लब (नविन विद्यार्थी क्लब) र विद्यालयको समन्वयमा पृथ्वी बचाउ अभियानको ” Save The Earth ” जागरुकता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा नौ र दसका विद्यार्थीहरु सहभागी थिए। विद्यार्थीलाई विभिन्न समुहमा विभाजन गरि फरक फरक सामुदायकमा पठाइ उनिहरुलाइ यस बारे जनचेतना शिक्षा दिन सिकाइएको थियो । कार्यक्रममा ISA संयोजक शिक्षक आशिष लामिछाने र योजना शिक्षक राजेन्द्र भट्टराई पनि थिए।

” उक्त जागरुकता कार्यक्रमा विद्यार्थीहरुलाइ मात्रै नभएर सामुदायिकमा पनि यस बारे जनचेतनाको आवश्यकता भएकोले साथै यस बारे केही थप जानकारी र हामिले किन पृथ्वी बचाउन पर्छ भने कुरालाई स्पष्ट रुपमा हामिले सबैलाई बुजाउन सक्नु पर्छ। यद्यपि हामिले पृथ्वी बचाउन सकिएन भने यस बाट सबैलाई नोक्सानी हुन पुग्छ “योजना शिक्षक राजेन्द्र भट्टराई ।

” पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विश्व समुदाय चिन्तित छ । मानव, जीवजन्तु, चराचुरुङ्गी, वनजंगल जस्ता प्राकृतिक सम्पदाहरु भएकै कारण पृथ्वी रमाइलो छ । तर आज पृथ्वी जुन अवस्थामा छ अन्तिम सम्म त्यस्तै नरहने चिन्ता छ । कारणः पृथ्वीमा कार्बनको मात्रा बढ्दै छ । त्यसैले हामीले पृथ्वीलाई बचाउन पर्छ पृथ्वी रहे हामी रहने हो । ” लामिछाने बताउँछन् ।

विद्यालयमा पृथ्वी बचाउ अभियानमा विभिन्न कार्यक्रम गरेको विद्यार्थी बताउछन् । गत शुक्रबार विद्यालयमा रहेको विद्यार्थी क्लबले यस सम्बन्धित खुला हाजिर जवाफ कार्यक्रम पनि आयोजना गरेक छ। जस्ले गर्दा विद्यार्थीहरुलाइ यस बारेमा अझै धेरै ज्ञान हासिल गर्न सजिलोसँग अरुलाइ सिकाउन पनि सजिलो भएको छ। हामिलाई यश योजनाम रहेर कार्यक्रम गर्दा रमाइलो साथै ज्ञान हासिल गर्ने मौका पाएको बिद्यार्थी धन्यवाद चौधरी जानकारी दिए।