गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले ३४ औं पटक निशुल्क खाधन्न वितरण गर्यो।

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका : गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले मंगलवार, मार्च ९, २०२१ का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोछ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह-संस्थापक जनाथन फरगास संग यसै फाउण्डेशनले सहकार्य गरी ३४औं पटकको निशुल्क खाधन्न वितरण दिउँसो १२: ३० बजे सम्म सम्पन्न भएको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्वीन्स टुगेदर सँग सहकार्य गरी विभिन्न समुदायका ३७५ जनालाई निशुल्क खाधन्न दुध ग्यालन, दही, स्याउ, फ्रोजन चिकन, मिटबल्स, चिज, पियाज, आलु र गाजॅंर  वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो। गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरको निशुल्क खाधन्न वितरण कार्यक्रममा न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु क्रमशस् साड।टेम्बा शेर्पा, ढापा बुडा मगर, गणेश श्रेष्ठ, डेभिन क्लोस लगायत खटिनु भएको थियो। फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः यसै फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिनु भएको थियो भने पिक्स ११ न्युजकी टेलिभीजन संवददाता मोनिका मोरालेस को पनि उपस्थिती रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सह-संस्थापक जनाथन फरगास र टेलिभीजन संवददाता मोनिका मोरालेस लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।