लाईम एण्ड लेमनद्धारा १० महिला सम्मानित

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुटवल स्थित लाईम एण्ड लेमन क्याफेले महिला सम्मान कार्यक्रम गरेको छ । सम्मान कार्यक्रममा समाजमा आफुले केही नवीनतम काम गरी उदाहरण बनेका महिलालाई सम्मान गरिएको क्याफेका संचालक जया बस्यालले बताइन् । आफै पनि व्यवसायिक रुपमा स्थापना हुन धेरै मिहिनेत गरेर आएकोे भन्दै उनले विभिन्न पेशा÷ व्यवसाय गरिरहेका आफुजस्तै महिलालाई सम्मन गरेमा उदाहरणीय हुने सोंचले नयां सुरुवात थालेको बताए ।

 


एक कार्यक्रमका बीच क्याफेमा पत्रकार सन्जु पौडेल, व्यवसायीहरु ईशा बज्राचार्य, गितान्जली कार्की, मिस फुडी बुटवल, निशा श्रेष्ठ, प्रजुना श्रेष्ठ, सृष्टि राजभण्डारी, कृति मल्ल, निती मल्ल र आचल गुप्तालाई सम्मानपत्रले सम्मान गरिएको थियो । सो अवसरमा क्याफेका निर्देशक सागर पौड्यालले आफुहरुले स्थापना देखि नै विभिन्न अवसर जस्तै, तीजमा दर कार्यक्रम, टोल संस्थाका सहयोगी सम्मन, युवा सम्मान गर्ने गरेको भन्दै यसपटकको नारी दिवसमा महिलाहरुलाई सम्मान गरेको बताए । उनले महिलाहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए ।