नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अन्य दलसंग छलफल गर्न कार्यदल गठन

प्रकाशित मिति:

गरेको छ ।सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी अन्य दलसंग वार्ताका लागि कार्यदल गठन गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र ब्युंतिएपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कार्यदल गठन गरेका हुन् । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खान, बीरबहादुर राना र रमा अर्याल छन् ।

कार्यदल संयोजक एवं कांग्रेस प्रमुख सचेतक खानले प्रमुख प्रतिपक्षी दल ‘वेटिङ गभरमेन्ट’ भएकाले पछिल्लो राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व लिने गरी माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलसंग छलफल, संवाद र परामर्श सुरु गर्ने बताए् । ‘केपी ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेपछि आफुहरु त्यसविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै उनले  एमालेसंग पनि छलफल गरी केन्द्रबाट जे निर्देशन आउंछ त्यही अनुसार नै गठबन्धन गर्ने बताए । लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् ।