अनशनरत गंगामायाको जीवन रक्षाको माग

प्रकाशित मिति:

काठमाडौं, फागुन : मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन्। आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत छिन्। उनको जीवन रक्षाको लागि मानवअधिकारकर्मीले बुधबार पत्रकार सम्मेलन गरी अपिल गरेका हुन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा।डा। कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण सङ्घर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा। केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाए।

अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन सङ्कटमा भएको बताए। न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने बताए।