शहरी पुर्वाधार तथा सेवाहरुको विकासको लागि कार्यशाला गोष्ठी सम्पन्न

प्रकाशित मिति:

श्रम लगानीमा पुर्वाधार सम्वृद्ध नेपालको आधार भन्ने मुल नारा सहित नगरपालिकाको दिर्घकालिन रणनिति योजनाहरुको विकास तथा अध्यावधि गर्ने क्षमताको विकास गर्न सुधारिएको शहरी पुर्वाधार तथा सेवाहरुको विकासको लागि नगर विकास कोषले लुम्बिनि प्रदेशका नगर प्रमुखहरुको कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगर विकास कोषको आयोजनामा रुपन्देहीको मणिग्रम मा भएको प्रादेशिक गोष्ठी मा प्रदेश भरका नगरप्रमुखलाई एकै ठाउं राखी नगरपालिकाको पुर्वाधार बढाउन श्रम लगानिको क्षमता बढाउनुपर्ने बताइएको थियो ।सो गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख र्धमनाथ यादवले स्थानियतह हरुमा आधारभुत विकास गर्न, नगरपालिकाहरुको आन्तरीक वित्तिय क्षमता अभिवृद्धि गरी वित्तिय सेवामा सुधार ल्याउन प्रदेश सरकारले नगरपालिकालाई सहयोग गर्ने बताए ।

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बन्जुले सिमित मान्छे धनि भएर देश धनि नहुने भन्दै नगरपालिकाले जनतालाई प्रभाह गर्ने सेवा कसरी प्रभावकारी बन्न सक्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले आफ्नै आम्दानीबाट धानिएका नगरपालीकाले आर्थिक उपार्जनको केन्द्र निर्माण तर्फ अघि बढ्नुपर्ने बताए । यसैगरी, बुटवल उप महानगरपालिका प्रमुख शिवराज सुवेदीले नगरपालिकाहरुमा श्रम लगानिको खाचो रहेको बताउदै प्रदेश सरकार बाट प्रत्येक नगरपालिकामा आउने बजेट र आयोजनाहरु छुटाउन आवश्यक रहेको बताए ।तिलोत्तमा नगरपालीकाका प्रमुख वासुदेब घिमिरले प्रदेश सरकारको ठुला योजनाहरु गफैमा मात्र सिमित रहेको जनाए । उनले जनप्रतिनिधि आउने जाने प्रक्रिया चलि रने तर नगरपालिका रहिरहने हुदा कसरी सुन्दर नगर बनाउन सकिन्छ भन्ने कुरामा सोच्नुपर्नेु भनाई राखे । नगर विकास कोषका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले नगर विकास कोष अरु भन्दा फरक रहेको र आफनो लक्ष्य भन्दा पनि नगरको विकासको लागि पालिका संग कसरी सम्मन्वय गर्न सकिन्छ भनेरै लागिपरेको बताए ।