आगलागीबाट डेढ करोंडको क्षती

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित दियालो फुडल्याण्डमा भिषण आगलागी भएको छ । आगलागीबाट डेढ करोंड रुपैयां बढीको क्षती भएको प्रबन्धक मदन भण्डारीले बताए । मध्यराति करिब १ः३० बजे आगलागी भएको हो । आगलागीबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तला सुरक्षित छ । ३ वटा दमकलको सहायतामा १ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतीत सिंह राठोरले बताए । आगो कसरी लाग्यो त्यसको बारेमा थप अनुसन्धान भइरहेको र क्षतिको बारेमा थप विवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।