ज्योति विकास बैंकले रु १:५ अर्बको ऋणपत्र निश्कासन गर्ने

प्रकाशित मिति:

काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक, ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ । ज्योति विकास बैंकले १० वर्षे अवधिको ‘९५ १० वर्षे ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले निश्कासन गर्न लागेको ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतको दरले ब्याज पाउनेछन् । अहिलेको अवस्थामा ९ प्रतिशत वार्षिक ब्याज भने बैंकहरुले मुद्धती बचतमा दिइरहेको ब्याजदर भन्दा बढी हो ।

बैंकले १००० रुपैयाँ दरका १५ लाख इकाई ऋणपत्र निश्कासन गर्नेछ । कुल इकाईमध्ये ९ लाख प्राइभेट प्लेसमेन्टका आधारमा र ६ लाख पब्लिक इस्यूको रुपमा निश्कासन हुनेछ ।यो ऋणपत्र २०८७ सालमा परिपक्व हुनेछ । ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।