बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। बुधबार साँझ जानकीनगरस्थित पौवा होटेलमा एक समारोहका बिच नवनिर्वाचित अध्यक्ष, पदाधिकारीसहित कार्यसमिति सदस्यहरुलाई पदस्थापना गराईएको हो।
हालै सम्पन्न संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा उज्ज्वल प्रसाद कसजु, वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराई, कोषाध्यक्षमा नविन प्रसाद श्रेष्ठ र सचिवमा मुक्ति अधिकारी निर्वाचित भएका थिए। यसैगरी एशोसियट सदस्यमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल तथा ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्वाचित हुनु भएको थियो । त्यस्तैगरी ७ खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोह्मद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ तथा दुई महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान निर्वाचित भएका थिए।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। ईश्वर गौतमले मुलुकको अर्थतन्तन्त्रको सुदृढीकरणको लागि सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले औद्योगिक बिकासको लागि निजी क्षेत्रले सुरक्षित लगानीको वातावरण खोज्नु स्वभाविक भएको बताउँदै त्यसमा प्रशासनको तर्फबाट आफूले वातावरण बिग्रिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिबिधिलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। निवर्तमान अध्यक्ष खिमबहादुर हमालले आफ्नो कार्यकालमा उद्योगी व्यबसायीका व्यबसायिक समस्या समाधानको लागि पहल पैरवी गर्दै आएको बताए। कृषि सहितका तीन वटा मेला, दशैं बजार सञ्चालन गर्न सफल भएको र कृषिमा आधारित बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल १५ मा ७ कठ्ठा जग्गा खरिद समेत गरिएको जानकारी गराउँदै अधुरा कामलाई निरन्तरता दिन समेत आग्रह गरेका छन्। सो अवसरमा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, रामेश्वरप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगाएतले उद्योगी ब्यबसायीका समस्या समाधानमा संघले खेल्नु पर्ने भुमिका बारे चर्चा गरेका थिए।