नेपाली सेनाका एक सहायक रथी  यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बर्खास्त

प्रकाशित मिति:

नेपाली सेनाका एक जना सहायक रथी  यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि बर्खास्त गरिएका छन्। नेपाली सेनाले संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई बर्खासत गरेको हो। उनलाई एक साता अघि बर्खास्त गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। जर्नेल कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सेनाको कोर्ट अफ इन्क्वाइरीले कार्कीले गल्ती गरेको पाएपछि बर्खास्त गरिएको जनाएको छ। सेनाले जर्नेल कार्कीसँगै यौन दुर्व्र्यवहारको आरोप लगाएका दुवै सैनिक महिलालाई पनि बर्खास्त गरेको छ। कोर्ट अफ इन्क्वाइरीले उनीहरुको पनि मनसाय गलत पाएको जनाएको छ।