होटेल दा फ्लामिंगोको सफ्ट ओपेनिङ

प्रकाशित मिति:

बुटवल, २७ फागुन । बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’को सफ्ट ओपेनिङ भएको छ । ‘तपाईको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा स्थापित होटेलको शिवरात्री पर्वको अवसर पारेर सफ्ट ओपेनिङ भएको हो । होटेलका सञ्चालक दिलिप गौचनका बुबा उद्योगी लालबहादुर गौचनले होटेलको उद्घाटन गरेका हुन् । सफ्ट ओपनिङ संगै होटेलका ५२ मध्ये ३९ कोठाको बुकिङ शुरु भएको र लाफेवा तथा भर्टिगो गरी दुई वटा रेष्टुरेन्ट पनि सञ्चालनमा आएका होटेलका महाप्रबन्धक काशि अधिकारीले बताए । होटेलको ग्राण्ड ओपनिङ नेपाली नयां वर्ष २०७८ को अवसर पारेर गर्ने योजना रहेको छ । युवा उद्यमी दिलिप गौचन र श्याम शेरचनको झण्डै २० करोड लगानीमा सञ्चालनमा आएको होटलले आन्तरिकसंगै लुम्बिनी भ्रमणमा आउने विदेशी र बौद्धिष्ट पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । होटलमा ४ सय जना क्षमताको ब्याङ्क्वीट हल तथा सय जना र ३० जना क्षमताका २ वटा कन्फ्रेन्स हल, स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम बाथ, बुटवलको दृश्य अवलोकन गर्न सकिने रुफटप बार लगायतका सेवा उपलब्ध रहेका सञ्चालक दिलिप गौचने बताए । होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहने गौचनले बताए । होटेलमा हाल ४० जनाले रोजगारी पाएका छन् भने पूर्ण क्षमतामा सञ्चालनमा आउंदा ७५ जनाले रोजगारी पाउने छन् ।