कालिकानगरमा द बाइकर्स हब सञ्चालन

प्रकाशित मिति:

बुटवल,२७ फागुन । बुटवल राइडर्स क्लबले बुटवलको कालिकानगरमा द बाइकर्स हब सञ्चालन गरेको छ । युवा उद्यमी रोनिश श्रेष्ठ र अर्जुन कंडेलको करिब ३० लाख रुपैयां लगानीमा द बाइकर्स हब सञ्चालनमा आएको हो । हबको रेभमाण्डु मोटो भ्लगर र बाइक स्टनर रबिन श्रेष्ठले उद्घाटन गरेका हुन् । बाइकर्स हबमा विभिन्न कम्पनीले उत्पादन गरेका १सय ५० सीसीमाथि विभिन्न कम्पनीका मोटरसाइकल, स्कुटर र बाइक एसेसोरिज उपलब्ध हुने सञ्चालक श्रेष्ठले बताए । हबमा मोटरसाइकल चलाउंदा सुरक्षाका लागि आवश्यक पर्ने बुट,घुंडाको सेफ्टी,पन्जा लगायत बाइकका पार्ट्स् र मर्मतका लागि वर्कसप र कफी सप लगायतका सेवा रहेका छन् । हबमा ८जनाले रोजगारी पाएका छन् । युवा उद्यमी श्रेठ बुटवलमा नौलो व्यवसाय गर्न रुचि राख्ने व्यक्ति हुन् ।