नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश स्तरिय अन्तरक्रियात्मक कार्यक्रम बुटवलमा सम्पन्न

प्रकाशित मिति:

नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश द्वारा आयोजित राष्ट्रिय अनुसन्धानका लागि नेपाल स्वयंसेवक संघको मेची महाकाली जागरण अभियान तथा अन्तरक्रियात्मक कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ् । नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिवराज पोख्रेलको अध्यक्षता ,नेपाल स्वयंसेवक संघ केन्द्रिय अध्यक्ष खेमराज पौडेलको प्रमुख अतिथ्यता एवं नेपाल कृषि श्रमिक संघ केन्द्रीय अध्यक्ष बिमला गैरेको विशिष्ट अतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष पोख्रेलले केन्द्र बाट आएको सहि निर्देशन आफुले गर्ने र जिल्लालाई मिलाउदै प्रदेशले गर्न सक्ने कुनै कसुर बाकी नरहने बताउनुभएको छ साथै उहाँ ले नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशले गर्ने कुनै पनि कार्यक्रम मा खादा तथा दोसल्ला नओढ्ने र नओढाउने प्रतिबद्धता गर्नु भएको छ । दोसल्ला खादामा नेपाल आत्म निर्भर नभएको र ठूलो आर्थिक लगानिमा देशमा दोसल्ला खादा भित्रीने कारण नेपाल आत्मनिर्भर नभएको कुरालाई स्पस्ट पार्दै ब्याच नेपाल मै बनाउन सकिने भएकाले उहाँ ले नेपाल कै सामान प्रयोग गरौ नेपाली सामान लाई माया गरौ भन्ने उदेश्यका साथ यस्तो निर्णय गरेको बताउनु भएको छ ।

लुम्बिनी प्रदेश प्रदेश उपाध्यक्ष सीता अर्यालको स्वागत मन्तव्य र प्रदेश सदस्य विष्णु खनाल एवं जिल्ला प्रतिनिधि रुपन्देही जिल्ला अध्यक्ष नितु भन्डारी एवं प्रवक्ता आयुसा कंडेल, गुल्मी जिल्ला अध्यक्ष चुरामणी पान्डे, नवलपरासी जिल्ला अध्यक्ष बिक्की डुम्रेले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष खेमराज पौडेलले आफुले संस्थाको प्रगतिको लागि निस्वार्थ दिन रात नभनी काम गरिरहेको र गरिरहने बताउनुभयो छ ।तेस्तै केन्द्रिय सदस्य सुशील खत्रीले आफुले पुस्तक बैंकलाई एक हजार पुस्तक दान गर्ने वाचा गर्नु भएको थियो । रुपन्देही प्रवक्ता आयुसा कंडेलले आफुले संस्थाको अभियानका नाममा एक रुपैयाँ दान महादानको सुरुवात गरेको र अब पुस्तक बैंक खोल्ने सोच रहेको बताउनु भयो । नवलपरासी जिल्ला अध्यक्ष बिक्की डुम्रेले आफ्नो जिल्ला लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सक्रिय रहेको मन्तव्यमा दाबी गर्नुभएको थियो । मेची महाकाली जागरणको क्रममा आएको केन्द्रिय टोलिमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामु बेल्बासे, केन्द्रिय सदस्य सुशील खत्री, गुरुकुल विभागका केन्द्रिय सदस्य मेघनाथ आचार्य,वरिष्ठ समाजसेवी प्रविण पौडेल स्वयंसेवक युवा संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष, केन्द्रिय उपाध्यक्ष जीवन भुसाल,केन्द्रिय कोषाध्यक्ष प्रकाश पोख्रेल सहित दैनिक यात्रा मिडियाको केन्द्रिय बजार व्यावस्थाक एवं नेपाल स्वयंसेवक संघ केन्द्रिय सदस्य सोनु अधिकारी पत्रकार समाजसेवी लगायत को उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन नेपाल स्वयंसेवक सघं पाल्पाका सचिव नारायण घिमिरे ञभावुकझ ले गर्नु भएको थियो ।