सरकार र जनता समाजवादी पार्टी बीच आज पनि वार्ता हुंदै

प्रकाशित मिति:

वार्ता निर्णायक बन्ने सम्भावना

सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी बीच आज पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । आजको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ । जसपा नेता कर्णका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए । सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको उनले बताए ।