राप्तीमा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, फागुन २८,मसुरीया (देउखुरी दाङ)

राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन् । । नेपाल सरकारले ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णय संगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाउनु भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भयो। ब्यापक सुचना प्रवाहका साथ सुविधाका लागि केहि वडाले सवारी साधन उपलब्ध गराई जेष्ठ नागरिकलाई खोप लगाईएको थियो । चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द बाट ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिईएको थियो ।
६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केहि जेष्ठ नागरिक नरहेको कारण शत प्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिनुभयो ।