होराइजन गौतम बुद्ध स्कुल मा स्वागत समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

होराइजन गौतम बुद्ध स्कुल, तिलोत्तमा १, रूपन्देहीमा स्वागत समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यँर्थीहरूका लागि आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता कक्ष्ाँ १२ मा अध्यनरत छात्र सागर पन्थले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत विद्यार्थी सरोज न्यौपाने.र नम्रता अर्यालले गरेका थिए भने कार्यक्रमको संयोजन डा. मुरारि पराजुलीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष एवं शैक्षिक अभियन्ता डा. ईश्वर गौतम रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा तिलोत्तमा नगरपालिका शिक्षा विभाग प्रमुख गंगाराम आचार्य,होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र कसजू श्रेष्ठ, न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय रहनुभएको थियो भने अतिथिका रूपमा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, क्षितिज इन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, न्यूहोराइजन कलेजका अध्यक्ष निर्मल प्रसाद लाकौल, ज्ञानेश्वर ज्ञवाली लगायत अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा न्यूहोराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, होराइजन गौतम बुद्ध स्कुलका प्राचार्य गोपालप्रसाद आचार्य, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो । कक्षा ११ का विद्यार्थीहरूलाई प्राचार्य गोपालप्रसाद आचार्य तथा क्याम्पस प्रमुख लोकनाथ उपाध्यायले टीका तथा पुष्पगुच्छा दिई स्वागत गर्नुभएको थियो । कक्षा १२ का विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै रीया गुप्ताले स्वागत मन्तव्य राखेका थिए । उनले होराइजन गौतम बुद्ध स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधि, अत्याधुनिक शिक्षण प्रविधिको प्रयोग र यस क्षेत्रमै पहिलोपटक प्रि–इन्जिनियरिङ् र प्रि–मेडिकल कक्षाहरू समेत संचालन गर्दै आइरहेको हुदा आफूलाई निकै खुसी लागेको , विद्यालयको शिक्षण उत्कृष्ट रहेको र आफ्नो उच्च अध्ययनका लागि होराइजन गौतम बुद्ध मा.वि. छनौट सही प्रमाणित भएको कुरा बताइन् ।
उक्त कार्यक्रममा कक्षा ११ को तर्फबाट शिसिर बन्जाडेले मन्तव्य राख्दै यस क्षेत्रकै उत्कृष्ट संस्था स्वैच्छिक रूपमा छनौट गरी होराइजन गौतम बुद्ध स्कुलमा अध्ययन गर्न पाउदा निकै खुसी लागेको कुरा बताए । प्रमुख अतिथि डा. ईश्वर गौतमले न्यु होराइजन कलेज अन्तर्गत रहेको होराइजन गौतम बुद्ध स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो विशिष्ट पहिचान बनाई मोफसलमा रहेर पनि सिङ्गो राष्ट्रकै शैक्षिक नेतृत्व गरिरहेको कुरा बताउनु भयो । साथै उहा“ले विद्यार्थीले चौतर्फी विकासमा जोडदिनुपर्ने कुरा बताउनु भयो । विशिष्ट अतिथि गंगाराम आचार्यले बुद्धको पञ्चशीलको सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष तामानाथ पाण्डेले विद्यार्थीहरू अनुशासित मर्यादित हु“दै लक्ष्य प्राप्तिमा अनवरत लाग्नुपर्नेमा जोड दिनुभयो । यसैगरी होराइजन गौतमबुद्ध स्कुलबाट प्रथम त्रैमासिक परीक्षा २०७७ मा कक्षा ११ र १२ बिहानी तथा दिवा समूहमा अध्ययन गरी सर्वप्रथम, सर्वद्वितीय र सर्वतृतीय हुने तथा सेक्सनमा प्रथम, द्वितीय, तृतीय हुने एवं यस संस्थाबाट कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षामा विभिन्न विधामा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, संयोजक प्रदीप अर्याल, तारानाथ भट्टराई र रुद्र भुसालले गर्नुभएको थियो । यसैगरी पुरस्कार वितरण समितिका संयोजक श्री लक्ष्मणप्रसाद गौतमले कलेज बाहिर संचालित अन्तर्राष्ट्रियस्तरको खेलकुदमा पदक जित्न सफल खेलाडी (विद्यार्थी), जिल्ला स्तरीय, अञ्चल स्तरीय, अन्तर मा.वि. स्तरीय अतिरिक्त क्रियाकलापमा सहभागी भई जिल्ला प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विभिन्न विधाका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको कुरा विद्यालयका प्रशासन प्रमुख मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा होराइजन गौतम बुद्ध स्कुलद्वारा आफ्नो विद्यालयको गीत समेत प्रमुख अतिथिबाट विमोचन गराइएको थियो । विमोचित गीतमा डा. मुरारि पराजुलीको शब्द, बरिष्ट सङ्गीतकार तथा सञ्चालक वागेश्वरी सङ्गीतालयका सञ्चालक सुरेश सेन्चुरीको सङ्गीत र यसै विद्यालयका सङ्गीत प्रशिक्षक तथा गायक शुशिल आचार्यको गायन रहेको छ ।
यसैगरी विद्यालयको गीतका रचनाकार, सङ्गीतकारहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा होराइजन गौतम बुद्ध मा.वि.को स्थापनाकालदेखि अनवरत सेवा गरी सेवा निवृत्त हुने कर्मचारी हिराबहादुर रेश्मीलाई समेत सम्मान गरिएको थियो ।
स्वागत समारोह तथा पुरस्कार वितरण कार्यक्रमको संचालन न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसालले गर्नुभएको थियो ।
दिनभरी सञ्चालन भएका कार्यक्रमहरूको मूल्याङ्कन प्राध्यापक मोहन मरासिनी र माया ज्ञवालीद्वारा गरिएको थियो । उक्त कार्यक्रममा कविता विधा प्रस्तुत गर्ने छात्रा प्रतीक्षा खराल प्रथम, नाटक विधा प्रस्तुत गर्ने विद्यार्थीहरू द्वितीय, नृत्य विधा प्रस्तुत गर्ने मुना सिंह र अस्मीता ढकालको समूह तृतीय, नृत्य विधाबाटै समिक्षा चौधरी र अस्मीता चौधरीको समूह र रीमा झेंडीले सान्त्वना स्थान हासिल गरेका छन् ।
स्वागत समारोहलाई रोचक बनाउनका लागि मनोज सापकोटाको संयोजकत्वमा रहेको सांस्कृतिक टोलीबाट राष्ट्रिय गान, स्वागत गीत,आधुनिक गीत, रिमिक्स, क्यारिकेचर, सोरठी, सालैजो, देउडा, झ्याउरे भाका, लोकगीत, मारुनी नाच, कौडा, नाटक, मुक्तक, कविता र गजलहरू गरी विभिन्न ४० वटा प्रस्तुति देखाइएका थिए ।