समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम सुरु

प्रकाशित मिति:

रामु भुषाल, पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित बैदेशिक रोजगार संग सम्बन्धित ब्यक्ति तथा परिवारका लागी दुई दिवसिय समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम शुक्रबार बर्दघाट १३ लेबडामा सरु भएको छ । नेपाल सरकार र स्वीस सरकार बीच भएको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधीक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)अन्तरगत बर्दघाट नगरपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा शुक्रबार देखी बैदेशिक रोजगार संग सम्बन्धित ब्यक्ति तथा परिवारका लागी दुई दिवसिय समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । बर्दघाट वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न अनुरोध गर्दै बैदेशिक रोजगारीका नाममा हुने ठगि अझै पनि नरोकिएको हुदा सबै सचेत हुनुपर्ने कुरामाथि जोड दिनुभएको थियो ।

पौडेलले बैदेशिक रोजगारीमा सुचना र सिपको अहम भुमिका रहने हुदा बैदेशिक रोजगारीमा जादा यी कुराहरुमा ख्याल गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बैदेशिक रोजगारी संग सम्बन्धीत परिवार, विदेशवाट फर्केर आएका र फेरी जान तैयारी गरेका, सम्भावित कामदार र विदेशमा रहेका घर परिवार लगाएत ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाकी मनोपरामर्श कर्ता तारा सापकोटा, परियोजनाका रिटर्नी भोलिन्टियर रामु भुषाल र चन्द्रकला रानाले सहजिकरण गर्नुभएको थियो । पहिलो दिनको कार्यक्रममा विदेश जानु अघि अपनाउनु पर्ने सावधानी, विदेशमा आउन सक्ने समस्या, विमा र श्रमको महत्त्व वैदेशिक रोजगारीमा आउने समस्याको कानुनी उपचार र नेपाल सरकारले प्रदान गर्ने निस्शुल्क सिपका बारेमा जानकारी जानकारी दिनुको साथै सहभागीका समस्यामा छलफल समेत गरिएको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने परियोजनाका समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।