नक्कली मयुरले सिंहदरबारमा राज गर्दा संविधान धरापमा पर्यो : खांण

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले असली मयुर लेक बेसीमा रहेको र नक्कली मयुरले सिंहदरबारमा राज गरेको बताउनुभयो । उहांले मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने र छिट्टै राजनीतिले सही बाटो लिने बताउनुभएको छ । बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै खाणले संविधान भंग नहुने तर अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा बन्ने बताउनु भयो । संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने बेला आएको खांणले चेतावनी दिनु भयो।

केपी प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि यो वा त्यो बहानामा प्रहार गरिरहेको खांणको भनाई छ । देशमा अहिले संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेकाले संविधानको रक्षा गर्न कांग्रेससहितका दलले आन्दोलन गर्नुपर्ने उहाले बताउनु भयो ।